निर्मलाको हत्यारालाई कारबाही गरेरै छाड्छौं , कानूनी कठघरामा उभ्याइन्छ: मन्त्री शाह
काठमाडौं, फागुन १७ । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश बहादुर शाहले निर्मला पन्तको हत्यारालाई कारबाही गरेरै छोड्ने बताएका छन् । उनले बलात्कारपछिको हत्या प्रकरणमा दोषी पत्ता लगाउनको लागि सुदुरपश्चिम सरकारले तदारुकताका साथ काम गरेको भएपनि अहिलेसम्म दोषी पत्ता लगाउन नसकेको बताए ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने,‘प्रहरी प्रशासनले पनि गम्भिर भएर अनुसन्धान गरेको हो । कतिपय घटनामा अनुसन्धानको लागि समय लाग्छ । अनुसन्धानको पाटो जटिल भयो । पीडितले न्याय पाउनुपर्छ । अनुसन्धानमा ढिलाई भएपनि अपराधीलाई कानूनी कठघरामा उभ्याइन्छ । दोषीलाई कारबाही गरिन्छ ।’
उनले छाउपढी प्रथा उन्मुलनको लागि आफ्नो सरकार गम्भिर रहेको पनि विश्वास दिलाए । उनले भने,‘हामीले योलगायत केही प्रथालाई कलंकको रुपमा लिएको छ । अहिले यसबारेमा व्यापक जनचेतना भैरहेको छ । सरकारले उन्मुलनको लागि कानूनसमेत बनाएर अघि बढेको अवस्था छ ।’
उनले समग्रमा सुदूरपश्चिम सरकार सफल भएको दाबी गरेका छन् । शान्ति–सूरक्षा, अमनचयन कायम गर्न, सुशासन कायम गर्न र संघीयता कार्यान्वयनको लागि आफूहरुको सरकार सफल भएको उनको भनाई छ । उनले आफूहरु ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने अभियानमा जुटेको र सोहीअनुसार सशक्त भूमिका निर्वाह गरिरहेको पनि स्पष्ट पारे ।
निर्मला पन्तको हत्यारा अहिले सम्म पत्ता लगाउन नसेकेको भन्दै गृहमन्त्री तथा सरकारको कडा आलोचना हुँदै आएको छ । हत्यारा पत्ता लगाउन आन्दोलन गर्दे सडकमा आएपनि अहिले सम्म कारबाही हुन सेकेको छैन । कारबाही गर्न नसकेको भन्दै जनताले सरकारप्रति आपत्ति जनाएका छन् ।














प्रतिक्रिया दिनुहोस्