साकुरा सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि.को प्रधान कार्यालयको चुच्चेपाटीमा उद्घाटन

काठमाडौं, माघ ६ । साकुरा सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि.को प्रधान कार्यालयको चुच्चेपाटीमा उद्घाटन भएको छ ।
दश वर्ष अगाडी काठमाडौंको स्रोह्रखुट्टेबाट आफ्नो सेवा सुरु गरेका संस्थाले चावहिलको चुच्चेपाटीमा आज एक समारोहकाबिच आफ्नो प्रधान कार्यालयको औपचारिक उद्घाटन गरिबी निबारण तथा सहकारी मन्त्री अम्बिका बस्नेतद्वारा गराएको हो ।
संस्थामा २ सय चालिस शेयरधनी, शेयर पूँजी २ करोड, चुत्ता पूँजी १ करोड र कारोबार ७ करोड रहेको को–अपरेटिभका कोषाध्यक्ष गोबिन्द कार्कीले जानकारी दिए ।
गरिबी निवारण तथा सहकारी मन्त्री अम्बिका बस्नेतले नेपाल जस्तो विकासोन्मुख देशमा सहकारीले महत्वपूर्ण भूमीका खेलेको कुरामा जोड दिएकी छन् । साकुरा सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि.को प्रधान कार्यालयको उद्घाटनका प्रमुख अतिथि समेत रहेकी मन्त्री बस्नेताले सहकारी ऐन २०७४ कार्यान्वयनमा आईसकेकाले अब सहकारी संस्थाहरु व्यवस्थित भई सकेको बताइन् । जनमानसमा रहेको भ्रमलाई चिर्दै यस ऐनले जनताको बचत र सहकारीको लगानी दुवै पक्षको सुरक्षाको ग्यारेण्टी गरेको बताइन् ।
उनले सहकारीले रोजगारीको सृजना गरि बढ्दो वैदेशिक रोजगार घटाउनुका साथै वेरोजगार सृजनामा समेत टेवा पुगेको बताईन् । उनले नेपाल रेमिटान्स्ले नै धानेको उल्लेख गर्दै सहकारीलाई अझै पारदर्शी र व्यवस्थित गर्दै लैजानु पर्नेमा जोड दिईन् ।
मन्त्री बस्नेतले सहकारीमा सञ्चालक र शेयरधनीबिच अन्तर रहेको बताउँदै उनले यसलाई अन्त गर्न शेयरधनीलाई संस्थाप्रति आफ्नो अपनत्वको वातावरण बनाउनु आग्रह गरिन् ।
मन्त्री बस्नेतले सहकारीले गाउँदेखि शहर सम्म साना ठूला व्यक्ति तथा संस्था सबैलाई वित्तिय संस्थामार्फत कारोबार गर्नमा महत्वपूर्ण भूमिका खेलेको बताईन् ।
कार्यक्रममा पूर्व मन्त्री तथा सांसद गगन थापाले सहकारीलाई शुभकामना दिंदै नेपालको अर्थतन्त्रलाई चलाएमान राख्न सहकारीको महत्वपूर्ण भूमिका रहेको बताए । उनले संख्यात्मक भन्दा गुणस्तरीय सेवा दिनुपर्ने उल्लेख गर्दै सहकारीले परिवर्तीत परिस्थिति अनुसार सेवा सञ्चालन र विस्तार गर्न् चुनौती पूर्ण रहेको बताए ।
प्रदेश सभा सदस्य नरोत्तम वैद्यले वित्तीय संस्था मार्फत कारोबार गर्दा अर्थतन्त्र चलायमान हुने भएकाले घर–घरमा धन संचित गरी राख्न नहुनेमा जोड दिंदै सबैले वित्तीय संस्था मार्फत कारोबार गर्न आग्रह गरे ।
कार्यक्रममा को–अपरेटिभ का कोषाध्यक्ष गोबिन्द कार्कीले स्वागत मन्तव्य व्यक्त गर्दै उनले सबैको विश्वास जित्दै संस्था यो अवस्थामा आएको बताए । यसले आगामी दिनमा काठमाडौंभर शाखा विस्तार गर्दै शेयर धनी सदस्यहरुलाई बढि भन्दा बढि लाभांश वितरण गर्ने, पारदर्शी र छिटो छरितो, आधुनिक प्रविधिबाट ग्राहकलाई सेवा दिने सहकारीको लक्ष्य रहेका बताए । कार्यक्रमका कामनपा ७ का वार्ड अध्यक्ष सुद्ध डंगोल पनि बोलेको थिए ।
कार्यक्रमका सभापति तथा अपरेटिभका अध्यक्ष सानु मैयाँ श्रेष्ठले कार्यक्रमा पाल्नु भएका सबैलाई धन्यवाद दिंदै यस को–अपरेटिभलाई विश्वास गरि आर्थिक कारोबार गरिदिनुहुन आग्रह गरिन् ।
कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरुलाई संस्थाको तर्फबाट मायाको चिनो प्रदान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्