आफूविरुद्ध मुद्दा परेपछि मुख्यमन्त्री राईले दिए यस्तो प्रतिक्रिया , भने– मलाई फसाउन खोजियो
काठमाडौं, फागुन १७ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफुलाई फसाउन खोजिएको बताएका छन् । शनिबार प्रेस संगठन प्रदेश नम्बर १ को भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले वास्तविकता विस्तारै खुल्दै जाने बताउँदै आफूले देश, जनता र पार्टीको शीर निर्हुयाउने गरी कुनै गल्ती नगरेको समेत बताए ।
राईलाई आफ्नो श्रीमान दावी गर्दै एक महिलाले शुक्रबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी थिइन् । मुद्दा दायर गरेपछि राईले आफूलाई फसाउन अनेक षड्यन्त्र भइरहेको बताए ।
उनले मुद्दा दिने महिलाललाई आफूले नभेटेको दावी गर्दै भने आफूविरुद्ध कसैले षड्यन्त्र गरी ती महिलाललाई प्रयोग गरिरहेको दावी गरे ।
दोलखाकी बालिका खड्काले मुख्यमन्त्री राई आफ्नो पति भएको दाबी गर्दै ‘नाता कायम गरी अंश दिलाई पाँउ’ भनी शुक्रबार जिल्ला अदालत काठमाडौंमा अंश मुद्दा दायर गरेकी थिइन् ।
सञ्चारमन्त्री भएका बेला राईले राजधानीको गोल्फुटारमा आफूलाई कोठा लिएर राखेको र आफू राईसँग २०७१ सालदेखि सँगै रहेको खड्काले दायर गरेको मुद्दामा उल्लेख छ ।
मुख्यमन्त्री राईले आफूलाई यौन दुव्यवहारका साथै घरेलु हिंसा गरेको आरोप उनले लगाएकी छन् । पछिल्लो समय नेताहरु एकपछि अर्को काण्डमा मुछिदै जान थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्