पुरानो बसपार्क नजिकैको एक रेष्टुरेन्टमा भिषण आगलागी

काठमाडौं , फागुन १६ । काठमाडौंको पुरानो बसपार्कनजिकैको एक रेष्टुरेन्टमा आगलागी भएको छ।

बसपार्क्भित्र रहेको भ्युटावर निर्माणस्थल नजिकको रेस्टुरेन्टमा साढे ३ बजेतिर आगो लागेको प्रहरी वृत्त सिंहदरबारल जनाएको छ । आगलागीबाट मानवीय क्षेती भने नभएको प्रहरीले जनाएको छ ।

आगलागीको कारण भने खुल्‍न बाँकी रहेको छ । दमकलको सहायताले आगो निभाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ। पछिल्लो समय अधिकांश आगलागी विद्युत् सर्टबाट हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्