कोरोना संक्रमणबाट इरानमा एक खेलाडीको मृत्यु

काठमाडौं , फागुन १६ । कोरोना संक्रमणबाट इरानमा एक खेलाडीको मृत्यु भएको छ । इरानको राष्ट्रिय टिमबाट फुटसल खेलिसकेकी २३ वर्षीय एल्हाम शेइखको उपचारको क्रममा मृत्यु भएको त्यहाँको न्युज एजेन्सी रोखनाले जनाएको छ ।

उनी १० दिनअघि इरानको कोम हस्पिटलमा भर्ना भएकी थिइन् र उपचारको क्रममा बुधबार निधन भएको हो ।इरानमा कोरोनाको संक्रमण बढीरहेको छ । अहिलेसम्म २४५ जनामा कोरोना संक्रमण देखिएको छ भने २६ जनाको मृत्यु भइसकेको छ ।

यसैबीच कोरियामा पनि यस भाइरसको संक्रमण बढ्दो क्रममा रहेको छ । कोरीया यस भाइरसबाट उच्च जोखिममा रहेको छ । विश्वस्थास्थ्य संगठनले सबै देशमा फैलन सक्ने भन्दै सजकता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्