नेपालबाट भारततर्फ गाँजा तस्करी , तीन भारतीय पक्राउ
काठमाडौं, फागुन १६ । पर्सामा लागु औषध गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्।पक्राउ पर्नेमा विहारको छपरा ग्राम महुली–२ थाना तरैयाका ३५ वर्षीय दिनेश सहनी, २७ वर्षीय मिथलेश सहनी र ३३ वर्षीय अजय सहनी रहेका छन्। उनीहरुको साथबाट ६ किलो गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।
शुक्रबार चितवनको नारायणघाटमा गाँजा खरिदगरी भारततर्फ लैजाँने क्रममा उनीहरुलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।
प्लास्टिकमा पोको पारेर पेटमा डोरीले बाँधेर वीरगञ्ज १६ शंकराचार्य गेटनजिकै सडकमा पैदल हिँडिरहेका अवस्थामा उानहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्