“पार्टी सामन्ती सोचबाट मुक्त हुन सकेन” : अष्टलक्ष्मी शाक्य
काठमाण्डौ , फागुन १५ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वागमती प्रदेश इन्चार्ज तथा प्रदेश सभा सदस्य अष्टलक्ष्मी शाक्यले पार्टी सामन्ती सोचबाट मुक्त हुन नसकेको आरोप लगाएकी छिन् ।
बिहीवार पार्टी एकता सुदृढीकरण र समृद्धिका लागि राष्ट्रिय अभियानको सन्दर्भमा राजनीतिक तथा प्रशिक्षण भेलामा बोल्दै शाक्यले पार्टीको नैतिक धरातल कमजोर बनेको आरोप लगाइन् । शाक्यले नेपालमा केक काट्ने र बत्ती निभाउने चलन नरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरिन् ।
शाक्यले सचिवालयमा रहेका ९ जना नेताहरू एकमत भएर अघि बढ्नुपर्ने विचार व्यक्त गरिन् । भेलामा विशिष्ठ अतिथिका रूपमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपस्थित छन् भने अतिथिका रूपमा वरिष्ठ नेता माधवकुमार नेपाल, सचिवालय सदस्य ईश्वर पोखरेल, पम्फा भुसाल लगायत उपस्थित छन् ।
प्रतिक्रिया दिनुहोस्