फ्रान्स पठाइदिन्छु भन्दै साढे ३८ लाख ठगी: आरोपमा एक महिला पक्राउ

काठमाडौं, फागुन १५ । फ्रान्स पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका(१९ बासुकिनाग मार्ग, मनमैजुकी ४३ वर्षीय कीपूर्णिमा श्रीष रहेकी छन् ।

श्रीषले आकर्षक तलवमा खाना प्याकिङ गर्ने कामका लागि फ्रान्समा पठाइदिने भन्दै तीन जनाबाट ३८ लाख ५० हजार ठगी गरेको उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा खोजतलासका क्रममा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले बुधबार श्रीषलाई मनमैजुबाटै नियन्त्रणमा लिएको हो ।

श्रीषलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्