घाइते मैनालीलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी, अन्य परिवारका पाँच जना घाइते

काठमाडौं, फागुन १५ । सवारी दुर्घटनामा घाइते भएका माले महासचिव सीपी मैनालीलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी माधव बुढाथोकीले मैनालीलाई थप उपचारका लागि काठमाडौं पठाउन लागिएको जानकारी दिए । अहिले उनको महोत्तरीस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ।

बिहीबार बर्दिबासस्थित रातुको पुलमा उनी सवार गाडी अर्को गाडीसँग ठोक्किएर दुर्घटना भएको हो ।

उनका अनुसार मैनाली सवार बा ४ च २१२० नम्बरको कारलाई विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यानले ठक्कर दिएको थियो ।मैनालीको खुट्टा फ्याक्टर हुनुका साथै शरीरका विभिन्न स्थानमा चोट लागेको छ।

प्रतिक्रिया दिनुहोस्