अप्ठ्यारोमा प्रधानमन्त्री ओली : भेटे कांग्रेसका नेता कोइरालालाई ,कोइरालाले दिए राजीनामा दिन सुझाव
काठमाडौं, फागुन १५ । यति बेला प्रधानमन्त्री ओली संकटमा परका छन् । उनलाई उनकै पार्टीले संकटमा पारेको हो । यसै संकटमा परिरदा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।
दुवै नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब डेढ घण्टासम्म छलफल भएको जनाइएको छ ।कांग्रेस नेता डा. कोइरालाका सहयोगी दिनेशचन्द्र थपलियाका अनुसार प्रधानमन्त्री ओली र कोइरालाबीच समसामयिक राजनीतिक घटनाका विषयमा छलफल भएको थियो ।
छलफलका क्रममा डा. कोइरालले सरकारकै मन्त्रीहरु विभिन्न भ्रष्टाचारका काण्डमा मुछिएका र जनस्तरबाट सरकारप्रति तीव्र असन्तुष्टि बढेका कारण प्रधानमन्त्री ओलीलाई पदबाट राजीनामा दिन सुझाव दिए ।
जवाफमा ओलीले विपक्षी दलका नेताले राजीनामा माग्नु स्वभाविक भएको बताएका थिए । तर, पार्टी भित्रैबाट आफूविरुद्ध विभिन्न षड्यन्त्रहरु भइरहेको भन्दै ओलीले दुखेसो पोखेका जनाइएको छ ।
बुधबार बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठकले पार्टी उपाध्यक्ष तथा सचिवालय सदस्य वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा नियुक्त भएका हालका अर्थमन्त्री डा. युवराज खतिवडाको पदावधि सकिन लाग्दा उनको ठाउँमा गौतमलाई नियुक्तिका लागि सिफरिस गर्न अनुरोध गर्ने नेकपाले निर्णय गरेको थियो ।
तर, प्रधानमन्त्री ओलीले भने आफूलाई घेराबन्दी गर्नेगरी गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न सिफारिसका लागि अनुरोध गर्ने निर्णय भएको भन्दै त्यसलाई नमान्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्