‘सरकारको दुई वर्षः कागलाई बेल पाक्यो हर्ष न विस्मात !’
काठमाडौं, फागुन १४ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ओली सरकारका दुई वर्ष जनतालाई हर्ष न विस्मात भएको बताएका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै भट्टराईले सरकारका दुई वर्ष नेपाली जनताले खेर गएको रुपमा लिएको जिकिर गरे।
उनले भने,’सरकारका दुई वर्ष नेपाली जनतालाई ’कागलाई बेल पाग्यो हर्ष न विस्मात’ जस्तो भएको छ।जनताले खेर गएका वर्षका रुपमा लिएका छन्।’ उनले फागुन ३ गते सम्बोधनका क्रममा प्रधानमन्त्री केपी ओलीले आफ्नो कार्यकालको मन्त्रीपरिषद्ले गरेको केही निर्णयलाई उल्लेखनीय प्रशंसा गरेको भन्दै आभार प्रकट गरे।उनले भने,’चाहे उहाँको मनसायमा त्योबारे भ्रम प्रष्ट होस् भन्ने थियो होला। ’
अगुल्टाले हानेको कुकर बिजुली चम्किँदा पनि झस्किन्छ भनेजस्तो भर्खरै ललिता निवास जग्गा प्रकरणले सबैलाई झस्काएको बाबुरामको भनाइ छ।
’ललिता जग्गा प्रकरणमा ठूला घरानीयाँको बहुमूल्य जग्गालाई सरकारले अधिकरण गरेको होइन भनेर केही भूमाफियाले मिलेर चलखेल गरेर जुन बाँडफाँड गरे।भूमाफिया र केही कर्मचारी मिलेर लुटेकै हो,उनले भने,’यसमा दुई मत छैन।’
प्रतिक्रिया दिनुहोस्