नेकपाको संविधान संशोधन कार्यदल भंग

काठमाडौं, फागुन १४ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संविधान संशोधनका लागि बनाएको कार्यदल भंग गरेको छ । साथै पार्टी्भित्र र बाहिर पनि संविधान संशोधनको चर्को आलोचना भएपछि कार्यदललाई निष्कृय बनाउने निर्णय गरेको हो ।

‘संविधान संशोधन आवश्यकताअनुसार हुँदै जाने संविधानको मर्मअनुसार अगाडि बढ्न सकिन्छ तर अहिले नै संविधान संशोधनका लागि उक्त कार्यदललाई अगाडि बढाउनुपर्ने औचित्य आजको सचिवालय बैठकले देखेन’ बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।

राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्न नेकपाले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको थियो। तर सदस्यद्वय सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटाले कार्यदलमा बस्न अस्वीकार गरेका थिए।

पछिल्लो समय नेकपामा विवादै विवाद र विरोध हुन थालेको छ । नेताहरुले सरकारको काम तथा अन्यको पनि चर्को आलोचना गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्