नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी घोषणा
काठमाडौं, फागुन १४ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदका लागि व्यवसायी चन्द्र ढकालले उम्मेदवारी घोषणा गरेका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रम गरेर ढकालले वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् । जलविद्युत्, पर्यटन र वित्तीय क्षेत्रमा लगानी गरिरहेका व्यवसायी ढकालले अर्का प्रत्यासी किशोरकुमार प्रधानसँग चुनावी प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन्।
प्रधानले यसअघि विराटनगरबाट आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्। यसअघि प्रधानको उम्मेदवारी घोषणा सभामा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष दिनेश श्रेष्ठ तथा पूर्वअध्यक्षहरू पशुपति मुरारका तथा कुशकुमार जोशी पुगेका थिए। ढकालले उद्योगी व्यवसायीको सधै साथमा रहेर आफूले काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनले निजी क्षेत्रले राज्यको तर्फबाट अपेक्षित अभिभावकत्व नपाएको उल्लेख गरे।
नेपाली उद्योगी व्यवसायीहरुको साझा संस्था नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । बुधबार आफ्नो उम्मेदवारी घोषणा गर्दै ढकालले भने निजी क्षेत्रलाई बलियो र सशक्त बनाउनका लागि र राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तनका लागि आफूले उम्मेदवारी घोषणा गरेको हुँ ।
ढकालले भने, ‘आज तपाईंहरु (उद्योगी व्यवसायीहरु) ले गरेको निर्णयले भोलि महासंघ थप सशक्त बन्ने छ र मुलुकको आर्थिक विकासमा सहयोग र्पुयाउने छ ।’उनले आफूले चुनाव जिते पनि नजिते पनि उद्योगी व्यवसायीहरुकै साथमा हुने उनले बताए
ढकालले लगानीको वातावरण बन्दै गएको र तीनै तहका सरकारले लगानी भित्र्याउन प्रतिस्पर्धा गरिरहेको बताए। उनले निजी क्षेत्र आर्थिक समृद्धि र रोजगारी सिर्जनाको खम्बा भएकाले राज्यले सँगसँगै लैजानुपर्ने उल्लेख गरे।
प्रधान र ढकालको उम्मेदवारी घोषणासँगै महासंघमा प्रष्ट दुई धारबीच चुनाव हुने तय भएको छ। तर्फका उम्मेदवारहरू प्रभावशाली व्यवसायीहरूलाई आफ्नो कित्तामा तान्न लागिपरेका छन्।
ढकालको उम्मेदवारी घोषणा कार्यक्रममा महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ तथा पूर्वअध्यक्षहरू सुरज वैद्य र चण्डीराज ढकाल सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस्