नेकपाले गर्यो वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय
काठमाडौं, फागुन १४ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले नेता वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ।
बुधबार बिहान प्रधानमन्त्री निवासमा बसेको सचिवालय बैठकले गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।गौतम गत प्रतिनिधि सभा निर्वाचनमा बर्दिया-१ कांग्रेस उम्मेदवार सञ्जय गौतमसँग पराजित भएका थिए।
अन्तर्घातका कारण पराजय भोगेको बताउँदै गौतमले त्यसपछि पटक-पटक सांसद बन्न प्रयास गरेका थिए। यसअघि गत माघमा भएको राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार बन्न नेताहरूले गौतमलाई आग्रह गरेका थिए तर उनले प्रधानमन्त्री बन्न नपाइने राष्ट्रिय सभामा आफू नजाने अडान लिदैं आएका थिए ।















प्रतिक्रिया दिनुहोस्