दिल्लीमा भड्किएको हिंसामा परी मर्नेको संख्या २० पुग्यो, सेना परिचालन गर्न सुझाव

काठमाडौं, फागुन १४ । दिल्लीमा भड्किएको हिंसामा परी मर्नेको संख्या २० पुगेको छ । नागरिकता संशोधन कानुन (सीएए) को समर्थन गर्ने र विरोध गर्ने समूहबीच आइतबारबाट भड्किएको हिंसामा परी मर्नेको संख्या २० पुगेको हो । यस्तै अस्पतालमा एक सय ८९ घाइतेको उपचार भइरहेको र २० जनाको मृत्यु भएको समाचार एजेन्सीले बतायएको छ ।

उत्तर–पूर्वी दिल्लीको जाफराबाद, मौजपुरलगायत क्षेत्रमा जारी हिंसाका कारण उत्तर–पूर्वी दिल्लीका सम्पूर्ण शैक्षिक संस्थानहरू बन्द गर्न निर्देशन दिइएको छ । भने दिल्ली सरकारले आन्तरिक परीक्षाहरू स्थगित गर्ने घोषणा गरेको छ । यसका साथै सरकारले सीबीएसईको बोर्ड परीक्षा पनि स्थगित गरेको छ ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा भड्किएको हिंसा नियन्त्रणका लागि सेना परिचालनको माग गरेका छन् ।

मुख्यमन्त्री केजरीवालले ट्विट गर्दै अनेक प्रयास गरिए पनि प्रहरीले परिस्थिति नियन्त्रणमा लिन नसकेका कारण सेना परिचालन गर्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन् । हिंसा सँगै अहिले त्यहाँको स्थिति निकै नाजुक भएको छ ।

प्रतिक्रिया दिनुहोस्