कोरियामा कोरोनाले नेपाली उच्च जोखीममा: उद्धार गर्न सांसदको माग

काठमाडौं, फागुन १३ । दक्षिण कोरियामा कोभिड–१९ अर्थात कोरोना भाइरसको संक्रमण फैलिएपछि त्यहा रहेका नेपालीको उद्धारबारे प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।नेपालीको आकर्षक रोजगारीको गन्तव्य दक्षिण कोरियालाई कोरोना भाइरसले आक्रान्त बनाएको भन्दै सांसदहरुले नेपाली कामदार समेत त्यसबाट प्रभावित हुन लागेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसदहरुले आजको प्रतिधिन सभा बैठकमा कोरियामा रहेका नेपालीको अवस्थाबारे जानकारी गराउन समेत माग गरेका छन् ।बैठकमा नेकपाकी धर्म्शिला चापागाईंले कोरियाका नेपालीलाई तत्काल उद्धारका लागि पहल गर्न माग गरिन् । उनले भाइरस फैलन नदिन सरकारका तर्फबाट तत्काल विशेष पहल गरिनुपर्ने बताइन् ।

यस्तै नेपाली काँग्रेसकी संसाद पुष्पा भुसालले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलमा विशेष संयन्त्र स्थापना गर्नुभने बताइन् । उनले रोगको पहिचान र क्वारेन्टाइन केन्द्र निर्माण गर्नेतर्फ सरकारले तदारुकता नदेखाइएको बताइन् ।

सांसद भुसालले पछिल्ला दिनमा कोरियामा समेत कोरोना भाइरसको सङ्क्रमण फैलिएकाले त्यहाँका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया दिनुहोस्