नेपालका लागि भारतीय राजदूत क्वात्रा फागुन १८ गते आउँदै
काठमाडौं, फागुन १३ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा फागुन १८ (मार्च १) गते नेपाल आउने भएका छन् ।
पुसको अन्तिम साता भारत सरकारको मन्त्रिपरिषद्ले क्वात्रालाई नेपालको राजदूत नियुक्त गरेको थियो । फ्रान्सबाट भारत फर्किपछि नेपाल आउन प्रक्रिया पूरा गर्न समय लागेको कारण एक महिना ढिलाइ भएको हो ।
भारतीय दूतावास स्रोतका अनुसार उनी फागुन १८ मा नेपाल आइपुग्ने छन् र फागुन १९ देखि आफ्नो कार्यभार सम्हाल्ने छन् ।
उमेर हदका कारणले तत्कालीन भारतीय राजदूत मञ्जिभसिंह पुरीले समय अगावै डिसेम्बरमा अनिवार्य अवकाश प्राप्त गरी भारत फर्केपछि नेपालमा कार्यवाहक राजदूतको रुपमा अजय कुमारले पदभार सम्हाल्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्