सांसद थापाले भने -’प्रधानमन्त्रीजी भ्रष्टाचारीको अनुहार हेर्दिन भन्नुहुन्थ्यो, बालुवाटारमा ऐना छ कि छैन?’

काठमाडौं, फागुन १३ । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगनकुमार थापाले प्रधानमन्त्रीले भ्रष्टाचारीको अनुहार हेर्दिन भन्नु भएको थियो। बालुवाटारमा ऐना छ कि छैन?’ भनी प्रश्न गरेका छन् । संसदको विशेष समयमा बोल्दै थापाले यस्तो प्रश्न गरेका हुन् ।

प्रधानमन्त्री मार्क्सवादी, समाजवादी नभई यतीवादी देखिएको आरोप लगाउँदै थापाले भने, ‘पहिले पहिले माक्सवादी, बीचमा समाजवादी आजभोलि यताबाट उताबाट हेरे पनि यतीवादी देखिनु भएको छ।’ निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा र विजय मिश्रबीचको संवादको अडियो प्रधानमन्त्रीले केही महिनाअघि सुनेको कुरा बाहिरिए पनि प्रधानमनत्रीले थाहा छैन भनेर उम्कन नपाउने उनको भनाइ छ। प्रधानमन्त्रीले यसबारे संसदमा आफ्नो धारणा राख्न उनले आग्रह गरे।

‘प्रधानमन्त्रीसँग हिम्मत छ कि छैन। तर, संसदले सामर्थ्य राख्नै पर्छ’ उनले भने, ‘डाँडाकाँडा, तालतलैया घुम्‍न जाने हैन। यहाँ (संसद) आउनु पर्छ। हाम्रो प्रश्नको सामना गर्नुपर्छ। सभामुखले रुलिङ गर्नुपर्छ।’ उनले सञ्चारमन्त्रीको विषयमा प्रधानमन्त्रीलाई थाहा नभए के थाहा छ भन्दै प्रश्न गरे। ‘सेक्युरिटी प्रेसको ठेक्कालगायत सबै ठेक्काबारे प्रधानमन्त्रीलाई थाहा थियो। अहिले गोकुल बाँस्कोटालाई बलीको बोका बनाइएको छ,’ उनले भने, ।

थापाले नेकपाको एक व्यक्तिलाई प्रधानमन्त्री बनाउन संविधान संसोधन गर्न लागिएको पनि आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्