कांग्रेसले भन्यो- भ्रष्टाचारका काण्ड लाजमर्दा भइसक्यो, प्रधानमन्त्री कुन लोकमा हुनुहुन्छ

काठमाडौं, फागुन १३ । पछिल्लो समय गुकुल बास्कोटाको काण्ड बाहिरिए सँगै सरकारको आलोचना भएको छ । सरकार यसमा गम्भीर नभएको प्रतिपक्ष दल कांग्रेसले बताउँदै आएको छ । र अन्य जनताले पनि निकै विरोध जनाइरहेका छन्।

यसैबीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा भएका भ्रष्टाचारका काण्ड लाजमर्दा भएको बताएको छ।प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै कांग्रेस सांसद मीनेन्द्र रिजालले तत्कालीन सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेसमा ७० करोड कमिसनका लागि गरेको मोलमोलाइ, नेपाल ट्रष्टको जग्गा मनलाग्दी रूपमा यति कम्पनीलाई दिने र बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई प्रभावित पार्ने काम लाजमर्दा भएको बताए।

‘कमिसन धेरै आउने नाममा मन्त्रीले ठेक्का रकम बढाएको सुनिन्छ। सञ्चार मन्त्रालयमै खर्बौंका ठेक्का थिए। अप्टिकल फाइबर, थ्रीजी, फोरजी, स्याटेलाइट सबैमा भ्रष्टाचार छ,’ रिजालले भने,‘त्यही भएर अरू सबै तुलोको एकातिर गोकुल बाँस्कोटा एक्लै अर्का्तिर भनेको होला।’
उनले यति हुँदा पनि प्रधानमन्त्री ओली राजामहाराजाले जसरी जन्मोत्सव मनाउन व्यस्त रहेको बताए।

‘प्रधानमन्त्री कुन लोकमा हुनुहुन्छ थाहा छैन। तर जनता तपाईंको सत्ताउन्माद देखेर निराश छन् प्रधानमन्त्रीज्यू,’ रिजालले भने। आजको बैठक सुरू हुनासाथ कांग्रेस सांसदहरू उठेका थिए।

प्रतिक्रिया दिनुहोस्