भारतमा हिंसात्मक आन्दोलनले चार जनाको ज्यान गयो
तस्बिर : रोयटर्स
काठमाडौँ, २३ फागुन । भारतमा हिंसात्मक आन्दोलनका कारण चार जनाको ज्यान गएको छ ।
विवादास्पद नागरिकता विधेयकको विरोधमा भएको हिंसाका क्रममा राजधानी नयाँ दिल्लीमा चार जनाको ज्यान गएको हो ।
दिल्लीको यमुनापार क्षेत्रमा सोमबार भएको हिंसामा एक जना प्रहरीसहित चार जनाको ज्यान गएको बीबीसीले जनाएको छ । २५ जनाभन्दा धेरै घाइतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । ठाउँठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको खबर समाचारमा उल्लेख छ ।
प्रदर्शनकारीले ठाउँठाउँमा आगजनीसमेत गरेका छन् । बढिरहेको हिंसालाई नियन्त्रण गर्न प्रशासनले उत्तर पूर्वी दिल्लीका १० इलाकामा कफ्र्यु लगाएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रदर्शनकारीलाई संयमता अपनाउन आह्वान गरेको बीबीसीले जनाएको छ ।
हिंसा फैलिएको क्षेत्र मुस्लिम समुदायको बाक्लो बस्ती रहेको क्षेत्र हो । भारतले ल्याएको नागरिकतासम्बन्धी नयाँ कानुनले मुस्लिम समुदायक बाहेकका आप्रवासीलाई धार्मिक आधारमा नागरिकता दिन सकिने व्यवस्था गरेको छ । संशोधन हुनुअघि नागरिकतासम्बन्धी भारतको ६४ वर्ष पुरानो कानुनले गैरकानुनी आप्रवासीहरूलाई भारतीय नागरिक हुन दिँदैनथ्यो ।
अब हिन्दू, शिख, बौद्ध, जैन, पारसी र इसाई धर्म मान्ने समुदायले पाकिस्तान, बाङ्ग्लादेश र अफगानिस्तानबाट आएको प्रमाण पेस गर्न सकेमा ६ वर्षमात्र भारतमा बसेको वा काम गरेको भरमा अङ्गीकृत नागरिकता पाउन सक्नेछन् । तर मुस्लिम समुदायलाई भने कानुनले विभेद गरेको छ । यहि विभिेदका काराण यो अवस्था आएका हो ।
मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणका क्रममा रहेकै बेला राजधानीको दिल्लीको उत्तरपूर्वी क्षेत्रमा सोमबारको हिंसात्मक प्रदर्शनका क्रममा भएको भिडन्तमा कम्तीमा पाँच जनाको ज्यान गएको छ ।
भारतको राजधानी नयाँ दिल्लीमा नागरिकता संशोधन कानुनको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि ढुंगा प्रहार गर्दै कानुनको समर्थक पक्ष तस्बिर स् रोयटर्स
संशोधित नागरिकता ऐनको विरोध र पक्षमा दिल्लीको मौजपुर र आसपासका क्षेत्रमा विगत दुई दिन देखि जारी प्रदर्शनले सोमबार उग्र हिंसात्मक रुप लिँदा एक जना प्रहरी हवल्दारसहित पाँच जनाको मृत्यु भएको हो ।
मौजपुर क्षेत्रमा नागरिकता ऐनको विरोध र समर्थनमा विगत दुई दिनदेखि प्रदर्शन जारी थियो । सोमबार भने बिहानैदेखि दुवै पक्षबीच ढुंगा हानाहान भएको थियो । प्रदर्शन उग्र बन्दै गएपछि दिल्ली मेट्रोका आधा दर्जन स्टेशनहरु बन्द गरिएका थिए । सोमबारको प्रदर्शनमा क्रममा हिसांत्मक भीडले मौजपुर, कर्दामपुरी, चाँदबाग र दयालपुर क्षेत्रमा सार्वजनिक सवारीसाधन, घर र पसलहरुमा आगजानी गरेको थियो । त्यस्ता आगजानी र तोडफोडका घटनाका भिडियो र तस्बिरहरु दिनभर नै विभिन्न सञ्चारमाध्यम र समाजिक सञ्जालमार्फत् सार्वजनिक भइरहेका थिए । प्रदर्शनकारीहरुले दिल्लीको गोकुलपुरीस्थित पुरानो टायर बजारमा आगजनी गरेका थिए । उग्र भीडले पेट्रोल बम समेत प्रहार गरेका थियो । प्रदर्शनका कारण उक्त क्षेत्रमा रणभूमिका परिणत भएको थियो ।
सोमबारको हिंसात्मक प्रर्दशनमा ११ जना प्रहरी र ५० भन्दा बढी सर्वसाधारण घाइते भएको बताइएको छ । घाइते प्रहरीमध्ये एक जना डीसीपीसमेत रहेका छन् । प्रदर्शनकै क्रममा ढुंगा लागेर घाइते प्रहरी हवल्दार रतनलालको उपचारको क्रममा मृत्यु भयो भने प्रहरीको गोली र प्रदर्शनकारीको आक्रमणमा अन्य चार जना सर्वसाधारणको ज्यान गएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दिनभरी जसो अश्रुग्याँस र लाठी प्रहार गरेको थियो । तर, अबेर रातिसम्म पनि स्थिति नियन्त्रणमा नआएपछि अर्धसैनिक बललाई परिचालित गरिएको थियो ।
यसैबीच प्रहरीले सोमबार अपरान्ह प्रदर्शनका क्रममा गोली चलाएको आरोपमा ३३ वर्षीय शाहरुखलाई पक्राउ गरेको छ । उनीमाथि मौजपुरमा भएको प्रदर्शनमा पेस्तोलबाट आठ राउण्ड गोली प्रहार गरेको आरोप छ । उनले पेस्तोलबाट गोली चलाउँदै गरेको तस्बिर सार्वजनिक भएको थियो ।
नागरिकता ऐनको विरोधमा आन्दोलन गरिरहेको पक्षले सोमबारको हिंसात्मक प्रदर्शनका पछाडि भारतीय जनता पार्टी (भाजपा) का स्थानीय कपिल मिश्रले सोमबार दिएको भडकाउपूर्ण अभिव्यक्तिलाई जिम्मेवार ठानेका छन् । शनिबार राति करिब ५ सय महिलाहरुले जाफराबाद मेट्रो स्टेसनमा भेला भएर शान्तिपूर्ण प्रदर्शन गरेका थिए । यसअघि दिल्लीकै शाहिनबागमा संशोधित नागरिक ऐन र राष्ट्रिय नागरिक पन्जीकरण ९एनआरसी० को विरोधमा स्थानीयले करिब दुई महिनासम्म धर्ना तथा प्रदर्शन गरेका थिए । मिश्रले सोमबार सार्वजनिक रुपमै विगत दिल्लीको जाफराबाद र चाँदबाग क्षेत्रमा जारी संशोधित नागरिकता ऐनका विरुद्ध भइरहेको प्रदर्शन तीन दिनभित्र अन्त्य गराएर सडक खुला गराउन दिल्ली प्रहरीलाई अल्टिमेटम दिएका थिए । ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फर्किन अब तीन दिन बाँकी छ, त्यसपछि हामीहरुलाई न सम्झाउनुहोला त्यसपछि हामीहरु केही सुन्नेछैनौं,’ उनले सोमबार सार्वजनिक रुपमै भनेका थिए । मिश्रको उक्त अभिव्यक्तिले साम्प्रदायिक सद्भावलाई खलल पुर्याउन खोजेको भन्दै त्यसको सबै पक्षबाट आलोचना गरिएको थियो । नभन्दै त्यसको भोलिपल्ट सोमबार बिहानैदेखि नै दिल्लीका मौजपुर, कर्दामपुरी, चाँदबाघ र दयालपुर क्षेत्रको स्थिति तनावपूर्ण थियो ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले घटनाप्रति दुःख व्यक्ति गर्दै गृह मन्त्रालयलाई स्थिति नियन्त्रण लिनका लागि पर्याप्त मात्रामा प्रहरीलाई खटाउन आग्रह गरेका छन् ।
परिस्थितिलाई ध्यानमा राख्दै दिल्ली सरकारले उत्तरपूर्व जिल्लाका सम्पूर्ण शैक्षिक संस्थाहरुलाई मंगलबार बन्द गर्न निर्देशन दिएको छ । यसैगरी दिल्ली प्रहरीले त्यसक्षेत्रमा धारा १४४ समेत लागू गरेको छ ।
केही नेताहरुले प्रधानमन्त्री नरेन्द्र मोदी र गृह मन्त्री अमित शाहले राजधानीमै हिंसा हुँदा समेत मौनता साँधेको भन्दै उनीहरुको आलोचना गरेका छन् । सीपीआई ९माक्र्सवादी० नेता सिताराम यचुरीले ट्वीट गर्दै राजधानीकै अवस्था तनावपूर्ण हुँदा समेत प्रधानमन्त्री र गृह मन्त्री चुपचाप बसेर असक्षम र घटनालाई सघाएको आरोप लगाएका छन् ।
अमेरिकी राष्ट्रपति भारत भ्रमणका क्रममा दिल्लीमा रहेका बेला भएको हिंसात्मक प्रदर्शनप्रति राजनीतिक दलका नेताहरुले खेद प्रकट गरेका छन् । भारतीय राष्ट्रिय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले विज्ञप्तिमार्फत् दिल्लीवासीलाई साम्प्रदायिक सद्भाव कायम राख्न र धर्मका आधारमा भारतलाई विभाजित गर्न चाहने तत्वहरुको गलत नियतलाई परास्त गर्न आग्रह गरेकी छिन् । सरकारी पक्षले भने सोमबार भएका हिंसात्मक घटनाहरु राष्ट्रपति ट्रम्पको भ्रमणलाई लक्षित गर्दै सुनियोजित ढंगले गरिएको आरोप लगाएको छ । सोमबार गुजरातको अहमदाबाद ओर्लेर दिल्ली आइपुगेका ट्रम्प मंगलबार साँझ स्वदेश फिर्ने कार्यक्रम छ । बिबिसिबाट











प्रतिक्रिया दिनुहोस्