प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौं, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

सरकार एक पछि अर्काे गर्दै विवादमा फसेको बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र अर्का कार्यकारी अध्यक्ष प्रचण्डबीच घनिभुत रुपमा छलपलको लागि भेटघाट भएका हो । विवादीत मुद्धालाई कसी टुंगोमा पुर्याउने, राजनीतिक घटनाक्रमबारे छलफल हुन स्रोतले जनाएको छ ।

कार्यदलले सुझावसहित दिएको एमसीसीको प्रतिवेदनलाई कसरी अघि बढाउने, संविधान संसोधनका लागि कार्यदल गठन भएपछि उत्पन्न प्रतिक्रिया एवंम रिक्त रहेको उपसभामुख पद कसलाई दिने भन्नेमा समेत दुई अध्यक्षबीच सघन छलफल भइरहेको स्रोतले जनाएको छ । सरकारलाई एमसीसीको प्रतिवेदन पारित, भ्रष्टाचार मुद्दा फलामको चियुरा भएको छ ।

प्रतिक्रिया दिनुहोस्