अमेरिकी राष्ट्रपति ट्रम्पको दुईदिने भारत भ्रमण आजबाट
काठमाडौं, १२ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुईदिने भारत भ्रमण आजबाट गर्दै छन् । श्रीमती मेलानियासँगै भारततर्फ उड्नुअघि उनले भारत पुग्न आफू आतुर भएको प्रतिक्रिया दिएका छन् । ट्रम्प पत्नी मेलिनियाका साथ बिहान ११ बजेर ४० मिनेटमा नयाँदिल्ली पुग्ने कार्यक्रम छ ।
कार्यतालिका अनुसार ट्रम्प र प्रधानमन्त्री नरेन्द्र मोदी आजै मोदीको गृहनगर गुजरात जाने कायृक्रम छ । उनको अहमदावादको सबैभन्दा ठूलो क्रिकेट रङ्गशाला मोटेरा स्टेडियममा हुने ुनमस्ते ट्रम्पु कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । ुनमस्ते ट्रम्पु कार्यक्रममा सहभागी हुनुअघि मोदीले ट्रम्पलाई सावरमती आश्रममा स्वागत गर्ने कार्यक्रम छ ।
नमस्ते ट्रम्पको अवधारणा गएको वर्षको जुनमा मोदीले अमेरिका भ्रमण गर्दा टेक्सासमा आयोजना गरिएको ुहाउ दी मोदीु कार्यक्रमको जस्तै रहेको भारतीय विदेश मन्त्रालयले उल्लेख गरेको छ । सन् १९४७ मा भारत स्वतन्त्र भएपछि भारत भ्रमणमा जान लाग्नुभएका ट्रम्प अमेरिकाका सातौं राष्ट्रपति हुनुहुन्छ ।
यसअघि पछिल्लो पटक तात्कालीन राष्ट्रपति बाराक ओबामाले २०१५ जनवरी २५(२७ मा तीन दिने भारत भ्रमण गर्नुभएको थियो ।
उनले भनेका छन्, ‘म भारतका कराडौं जनतासँग भेट्न उत्सुक छु । प्रधानमन्त्री मोदी मेरो साथी हुन् । उनीसँग मेरो राम्रो सम्बन्ध छ । मैले धेरै पहिले नै भारत भ्रमण गर्ने वाचा गरेको थिएँ ।’
सोमबार अहमदाबादमा आयोजना हुने ‘नमस्ते ट्रम्प’ समारोहमा उनी सहभागी हुने छन् । सो समारोहमा लाखौं भारतीय नागरिक सहभागी हुने र त्यसलाई ट्रम्पले सम्बोधन गर्ने बताइएको छ ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्रम्पलाई स्वागत गर्न आफू आतुर भएको बताएका छन् । मोदीले भनेका छन्, ‘यो सम्मानको कुरा हो कि उनी सोमबार हामीसँग हुनेछन् । अहमदाबादमा ऐतिहासिक कार्यक्रमबाट भ्रमण सुरु हुनेछ ।’
यसैबीच भारतको प्रमुख प्रतिपक्षी कांग्रेस पार्टीले मोदी भ्रमणको पूर्वसन्ध्यामा दर्जन बढी प्रश्नहरु उठाएको छ ।
कांग्रेसका प्रवक्ता रणदीप सिंह सुरजेवालाले अमेरिका र तालिबानबीच शान्ति सम्झौता हुन लागेको प्रसंग झिक्दै पत्रकारहरुसँग भनेका छन्, ‘भारतले यो कुरा भुल्न हुँदैन कि भारतको विमानलाई तालिवानले नै अपहरण गरेर कान्धाहारमा ओरालेको थियो, जसका कारण भारतले मसुद अजहरलाई रिहा गर्नु परेको थियो ।’
अहमदाबादमा हुन लागेको ‘नमस्ते ट्रम्प’ कार्यक्रममा पनि उनले प्रश्न उठाए । सुरजेवालाले भनेका छन्, ‘ट्रम्प सरकारले एच–१ बी भिसामा कठोर छ । ७० प्रतिशत भारतीय एच–१ बी भिसा भएको कुरा हामीले बिर्सनु हुँदैन । सन् २०१५ मा ६ प्रतिशत भारतीयको एच–१ बी भिसा खारेज गरिएको थियो भने अहिले यो संख्या २४ प्रतिशत पुगेको छ ।’
उनले भने, ‘अहमदाबादमा लाखौं भारतीय जनताको सहभागीतामा हुने समारोहमा नरेन्द्र मोदीले के यो कुरालाई ध्यान दिन्छन् ? एच–१ बी भिसाप्रति नरम हुन ट्रम्पलाई भन्न सक्छन् ?’











प्रतिक्रिया दिनुहोस्