गुल्मीमा जीप दुर्घटना : विद्युत प्राधिकरणका ७ कर्मचारी घाइते, केहिको अवस्था चिन्ताजनक

काठमाडौं, फागुन ११ । गुल्मीमा जीप दुर्घटना हुँदा विद्युत प्राधिकरणका ७ कर्मचारी घाइते भएका छन् ।
जिल्लाको गुल्मीदरवार गाउँपालिका–२ जुभुङको अर्थुङमा जीप दुर्घटना हुँदा सात जना घाइते भएका हुन् । आइतबार तमघासबाट जुभुङ जाँदै गरेको लु १ च ६७०१ नम्बरको जीप सडकबाट झण्डै ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरण गुल्मीमा कार्यरत कर्मचारीको टोली दुर्घटनामा परेको प्रहरीको भनाइ छ । घाइते हुनेहरूमा पदम थापा, गोविन्द रिजाल, लोकबहादुर खत्री, दिलिप रेश्मी, दोजराज राई, भुमिश्वर कुवँर र शेरबहादुर सोमै रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।

घलेका अनुसार घाइते सबैको उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पा पठाइएको छ । प्राधिकरणको टोली जुहाङ खैरेनीको ट्रान्सफर्मरमा समस्या आएपछि मर्मतको लागि गएको प्राधिकरण प्रमुख नारायणप्रसाद अर्यालले बताए ।

फाइल तस्बिर

प्रतिक्रिया दिनुहोस्