छाया सरकारको पहिलो बैठक : मन्त्रालयहरुमा हुने भ्रष्टाचारको निगरानी गर्न निर्देशन
काठमाडौं , फागुन ११ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गठन गरेको छाया मन्त्रिपरिषदले विभिन्न मन्त्रालयहरुमा हुने भ्रष्टाचारको निगरानी गर्ने भएको छ । गठन भएको ९ महिनापछि पहिलो पटक बसेको छाया सरकारको बैठकले कुन–कुन मन्त्रालयमा के–कस्ता खालका भ्रष्टाचार भइरहेका भन्ने निगरानी गर्ने निर्णय गरेको हो ।
सम्बन्धित छाया मन्त्रीहरुलाई ती मन्त्रालयमा भइरहेको अनियमितता तथा भ्रष्टाचारका बारेमा खोजविन गरि संसदीय दलको बैठकमा रिपोर्टिङ गर्न बैठकले निर्देशन दिएको छ ।
बैठकपछि राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको जस्तै अन्य मन्त्रालयमा पनि नीतिगत भ्रष्टाचार भयानक भएको र ती बारेमा सम्बन्धित छाया मन्त्रीहरुले गहन अध्ययन गरेर रिपोर्टिङ गर्ने निर्णय भएको बताए । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार बसेको बैठकमा नौ महिनामा गरिएका कामबारे छलफल भएको थियो ।















प्रतिक्रिया दिनुहोस्