सुनको मुल्य प्रति तोला ७ सयले बढ्यो, कति पुग्यो आज ?

काठमाडौं , फागुन ११ । सुनको मूल्य उकालो लाग्ने क्रम आज पनि जारी रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुन छापावाल सुन प्रतितोला ७८ हजार ८ सय रुपैयाँमा कारोबार भएको हो ।

एकै दिन सुनको मूल्य प्रति तोला ७ सय रुपैयाँले बढेको हो । यसअघि छापाबाल सुन शुक्रबार ७८ हजार १ सयमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ७८ हजार ५ सयमा कारोबार भइरहेको छ ।

शुक्रबार तेजावी सुन प्रतितोला ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी भने प्रति तोला पाँच रुपैया भाउ बढेर ९ सय २० रुपैयाँमा कारोबार भइएको छ । अन्तराष्ट्रिय बजारमा सुनको भाउ आज १८ डलरले बढेर प्रति औंस १६ सय ४४ डलर पुगेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस विभिन्न देशमा फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढ्दा भाउ महँगो भएको नेपाल सुनचादी ब्यवसायी संघले जनाएको छ । यो हप्ता सुनको मूल्य प्रति तोला असी हजार पुग्ने अनुमान महासंघ अन्तर्गतको भाउ निर्धारण समितिको छ ।

प्रतिक्रिया दिनुहोस्