आइतबार र सोमबार पानीसहित हिमपात हुने

काठमाडौं, ११ फागुन । आइतबार र सोमबार पहाडी, उच्च पहाडी तथा हिमाली भेगमा चट्याङसहित पानी र हिउँ पर्ने सम्भावना रहेकोछ ।

आइतबार दिउँसो घाम लागे पनि बेलुकीपख बादल लागेर पहाडका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय प्रणालीका कारण बादल लाग्नुको साथै पानी पर्ने र आउँदो बुधबारदेखि मात्र मौसम खुल्ने सम्भावना रहेको महाशाको अनुमानन रहेको छ ।

सोमबार पनि देशभर बादल लागेर काठमाण्डौ उपत्यकासहित पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको मौसमविद् पौडेलले बताउनुभयो
। जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले देशभरि नै सामान्यदेखि आंशिक बादल लाग्ने र पानी पर्ने भएकोले सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्