प्रधानमन्त्री ओलीको ‘भिजन टु एक्सन’ किताब सार्वजनिक , के छ यसमा ?

काठमाण्डौ , फागुन १०। प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भिजन टु एक्सन’ किताब सार्वजनिक गरिएको छ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशीले शनिबार उक्त किताब विमोचन गरेका हुन् । प्रधानमन्त्री ओलीले आफ्नो ६९ औं जन्मदिनको अबसरमा उक्त किताव सार्वजनिक गरेका हुन् ।

रत्न पुस्तक भण्डारले प्रकाशन गरेको दुई सय ४० पृष्ठको उक्त किताबमा प्रधानमन्त्री ओलीले विकास र समृद्धिबारे आफ्ना दृष्टिकोणहरू समावेश गरेका छन् ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको उक्त किताब विमोचन कार्यक्रममा प्रधानमन्त्रीका बुवा पनि उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्