गण्डकी प्रदेशमा १२ पत्रकारलाई दुर्व्यवहार र ६ लाई गिरफ्तार
काठमाडौं, फागुन ९ । गण्डकी प्रदेशमा सन् २०१९ मा राज्य पक्षबाट २ सय ५ र गैरराज्य पक्षबाट ४ सय ७४ गरी ६ सय ७९ व्यक्ति मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटनामा पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० प्रदेश कार्यालयले सार्वजनिक गरेको अभिलेखअनुसार गण्डकी प्रदेशमा राज्य पक्षबाट १५ महिला र १ सय ९० पुरुष तथा गैरराज्य पक्षबाट ४ सय १२ महिला र ६२ पुरुष पीडित भएको उल्लेख छ ।
यस्तै गैरराज्यपक्षबाट १२ पत्रकारलाई दुर्व्यवहार गरिएको छ भने राज्यपक्षबाट ६ जनालाई गिरफ्तार गरेको इन्सेक जनाएको छ । सन् २०१९ मा बालअधिकारअन्तर्गत भएका ८२ बालिका तथा आठ बालक गरी ९० बालबालिका पीडित भएको जनाइएको छ ।
जसमध्ये बलात्कारमा ४२ बालिका पीडित भए भने यौन दुव्र्यवहार घटनामा ३३ बालिका र दुई बालक थिए । महिला अधिकारअन्तर्गत ३ सय १० पीडित भएका र सबैभन्दा बढी घरेलु हिसाबाट २ सय ३५ यस अवधिमा पीडित भएका इन्सेक गण्डकी संयोजक शिव खकुरेलले जानकारी दिए ।
उनले तीनै तहका सरकारले जनआकाङ्क्षालाई ध्यान राखेर नेतृत्व वर्गबाट निर्वाह हुने जवाफदेही भूमिकाले मात्र मानव अधिकार संरक्षण हुनसक्ने बताए ।
प्रदेशमा गत वर्ष राज्यपक्षबाट १२ महिला र ६१ पुरूष तथा गैरराज्य पक्षबाट ५ सय १५ महिला र ५२ पुरूष गरी ६ सय ४० पीडित भएका अभिलेख गरिएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्