दुई लाख घुससहित प्राविधिक रंगेहात पक्राउ

काठमाडौं, फागुन ९ । अख्तिायारले दुई लाख घुससहित एक प्राविधिकलाई पक्राउ गरेको छ । भेरीगंगा नगरपालिकाका खानेपानी प्राविधिक चन्द्रबहादुर केसीलाई दुई लाख रूपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले भेरीगंगाको मदाने चौरबाट उनलाई पक्राउ गरेको हो।

यसबारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्