भारतमा तीर्थयात्री चढेको बस दुर्घटना : ६ नेपालीको मृत्यु

काठमाण्डौ , फागुन ८ । भारतमा तीर्थयात्री चढेको बस दुर्घटना हुँदा ६ नेपालीको मृत्यु भएको छ । भारतको सलेम बेंगलारु नेशनल हाइवेमा बिहीबार बिहान बस दुर्घटना हुँदा तीर्थयात्राका लागि भारत गएका ६ नेपालीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ५६ वर्षीय गोपाल तामाङ, ६० वर्षीय विष्णु दाहाल, ४६ वर्षीय वीरबहहादुर राई, ५० वर्षीय टीकाराम र ५० वर्षीया बेलुकारी चौधरीको नाम खुलेको छ ।घाइते भएका १८ जनाको स्थानीय अस्पताल मोहन कुमार मंगलम मेडिकल कलेजमा उपचार भैरहेको छ ।

नेपाली तीर्थयात्री चढेको मिनीबस यू(टर्न लिन लाग्दा राजमार्गमा अर्को बससँग ठोक्किएको थियो । दुर्घटनामा १८ जना घाइते भएका भारतीय सञ्चार माध्यम द हिन्दूले जनाएको छ ।

सुनसरी जिल्लाबाट गएको माघ २३ गते ३४ जनाको नेपाली टोली भारततर्फ गएको थियो । उनीहरु ३५ दिने यात्राको लागि भारत गएको सुनसरीका अमरनाथ चौधरीले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्