सुनको मूल्य हालसम्मकै महँगो , पुग्यो ७७ हजार ६ सय रूपैयाँ

काठमाडौं , फागुन ८ । बिहीवार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको कारोबारका लागि सुनको भाउ प्रतितोला ७७ हजार ६ सय रूपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा तोलामा ५ सयले बढेको हो ।

बुधवार तोलाको ७७ हजार १ सय र मंगलबार ७६ हजार ७ सयमा कारोबार भएको थियो । आइतबार र सोमवार भने प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा स्थिर थियो । तेजाबी सुन पनि बिहीबार प्रतितोला ७७ हजार ३ सय रूपैयाँ पुगेको छ ।

त्यसैगरी अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १० रुपैयाँले बढेर ९ सय १५ पुगेको छ । बुधबार ९ सय ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार ८ सय ५५ थियो भने गत सोमबार र मंगलबार ८ सय ९० मा स्थिर थियो ।

प्रतिक्रिया दिनुहोस्