कोरोना भाइरसका कारण इरानमा दुई जनाको मृत्यु

काठमाडौं, ८ फागुन । चीनको वुहान शहरबाट महामहरीको रुपमा फैलिएको कोरोना भाइरसका कारण इरानमा दुई जनाको ज्यान लिएको छ ।
समाचार संस्था अलजजिराका अनुसार इरानमा दुई जनाको ज्यान गएसँगै मध्यपूर्वमा पनि कोरोना सङ्क्रमितको ज्यान गएको यो पहिलो घटना हो । बिहीबार तेहरानमा रहेका दुई जना कोरोना सङ्क्रमित वृद्धको ज्यान गएको हो । यसअघि एसियाको फिलिपिन्स, हङकङ, जापन र यूरोपको फ्रान्समा कोरोना सङ्क्रमितको ज्यान गएको थियो ।

चीनमा मात्रै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई हजार २९ भन्दा बढि पुगेको छ भने ७५ हजार जनामा सङ्क्रमण भएको पुष्टि भएको छ । यसबाट बच्न सबैलाई अतयन्त्र संयमित हुन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्