पाकिस्तानले गर्यो भारतका ४० चौकीमा आक्रमण,

एजेन्सि ।पाकिस्तानले भारत प्रशासित विवादास्पद स्थल कश्मीरको वरिपरि क्षेत्रमा शुक्रबार बिहान आक्रमण गरेको छ ।

भारतका झण्डै ४० चौकीलाई निशाना बनाइ पाकिस्तानले गरेको आक्रमणमा २ जनाको मृत्यु भएको छ ।

संचारमाध्यमहरुका अनुसार सीमापारमा लगातार गोलीबारी भइरहेको छ ।

घटनामा २ को मृत्यु हुनुका साथै ४ जना घाइते भएका छन् ।

पाकिस्तानले आरएस पुरा सेक्टरसंगै कठुवा र सांवा सेक्टरमा सिजफायर भ्वाइलेसन गरेको हो ।

स्थानीय समय अनुसार बिहान ६ः३० बजे जम्मूको आरएसपुरा, अरनिया, रामगढ क्षेत्रमा गोलीबारी भएको हो ।

पाकिस्तानले मोर्टारको पनि प्रयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्