फेकन्यूज राखेको भन्दै सिंगापुरमा सरकारले गर्यो मिडियाको पेज नै बन्द

काठमाडौँ , फागुन ७ । सिंगापुर सरकारले स्टेट्स टाइम्स रिभ्यु पत्रिकाको फेसबुक बन्द गरेपछि फेसबुकले असन्तुष्टि जनाएको छ ।सिंगापुर सरकारले फेक न्युज पोष्ट गरेको भन्दै स्टेट्स टाइम्स रिभ्यु पत्रिकाको फेसबुक पेज बन्द गरेको थियो ।

यस घटनामा फेसबुकले आफ्नो ध्यानाकर्षण भएको भन्दै यो वाक स्वतन्त्रताको विरुद्ध भएको बताएको छ । फेसबुकले सिंगापुरको फेकन्यूज सम्बन्धि कानुनले वाक स्वतन्त्रतालाई कुण्ठित बनाउने समेत बताएको छ ।

सिंगापुरले फेकन्युज बढ्दै गएपछि गत अक्टोबर देखि ’प्रोटेक्सन फ्रम अनलाइन फल्सहुडस एण्ड मेनुपुलेसन बिल’ नामक कानुन लागु गरेको छ ।सिंगापुर सरकारले फेकन्युजलाई रोक्न कडा कानु नवाश्य्क रहेको भन्दै जातीय तथा रंगसम्बन्धि भेदभाव रोक्न समेत यस्तो कानुन आवश्यक रहेको बताउदै आएको छ ।

फेसबुकका प्रवक्ताले बिबिसीसँग कुरा गर्दै सिंगापुर सरकारले लागु गरेको नयाँ कानुन सेन्सरसिप टुलको रुपमा प्रयोग भएको बताए ।स्टेट्स टाइम्स रिभ्युले जनवरीमा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला सिंगापुरमा फेस मास्क नभएको समाचार प्रकाशित गरेको थियो ।

सिंगापुरमा करिब एक दर्जन कोरोना संक्रमणका केस देखिएपनि सरकारले सबै आवश्यक सचेतता अपनाएको बताउदै आएको छ ।सिंगापुरको सञ्चार मन्त्रालयले फेब्रुअरी १५ मा रिभ्युलाई सो समाचारको लोकेसन छुट्टाउन र सो पोष्ट गलत भएको उल्लेख गर्न दबाब दिएको थियो ।

तर रिभ्युले सो गर्न नमानेपछि सरकारले सिंगापुरबाट सो पेज नखुल्ने बनाइदिएका थिए ।फेसबुकले रिभ्युक०ओ सो पेजमा पछिल्लो बर्षको नोभेम्बरदेखि अहिलेसम्म तीन पटक सच्याउने निर्देशन दिईसकेको छ । फेसबुकले सरकारको निर्देशनमा त्यसो गरेको जनाएको छ ।

सिंगापुर सरकारको नियम अनुसार फेसबुकले सरकारको निर्देशन नमानेमा दैनिक करिब १५ हजार अमेरिकी डलर देखि बढीमा साढे ३ लाख अमेरिकी डलर जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्