छोरी बलात्कार गर्ने बुवालाई जन्म कैदको फैसला
काठमाडौं, फागुन ७ । छोरी बलात्कार गर्ने बुवालाई जन्म कैदको फैसला गरिएको छ । जिल्ला अदालत मकवानपुरले बुवाले छोरीलाई बलात्कार गरेको ठहर गर्दै जन्म कैद फैसला गरेको हो । आइतबार बसेको न्यायधीश दिल्लीरत्न श्रेष्ठको इजलासले हेटौंडा उपमहानगरपालिका-८ निवासी ४९ वर्षीय बुवालाई छोरीमाथि बलात्कार गरेको ठहर कैद फैसला बताएको छ ।
एक लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति स्वरुप पीडकबाट उपलब्ध गराउने गरी जन्म कैदको फैसला भएको अदालतका श्रेस्तेदार केशव कौशिलले बताए । अदालतले हाड नाता भएकाले पीडित र पीडक दुवैको नाम सार्वजनिक गर्न नमिल्ने जनाएको छ ।
२ चैत २०७५ मा १७ वर्षीय छोरीलाई राति छुरी देखाएर ४९ वर्षीय बुवाले बलात्कार गरेका थिए । त्यसपछि किशोरी बारा जिल्लाको कोहल्वीस्थित आफन्तका घरमा पुगेकी थिइन् ।
किशोरीले घटनाबारे फन्तलाई जानकारी दिएपछि ११ चैत पीडकलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किटानी जाहेरी दिइएको थियो । किशोरीकी आमा दोस्रो विवाह गरेर अन्तै गएकी आफन्तको भनाइ छ ।
बुवाबाट बलात्कृत भएकी १७ वर्षीय किशोरीलाई अदालतले सरकार वा सरकारको स्वीकृतमा सञ्चालन गरिएको संरक्षण गृहमा राख्ने निर्णयसमेत गरेको श्रेस्तेदार कौशिकले जानकारी दिए ।
उनका अनुसार पीडितलाई तत्काल नेपाल सरकारद्वारा संचालित संरक्षण गृहमा राख्ने प्रावधान पूरा नभएसम्म माइती नेपालको केन्द्रीय कार्यालयमा राखिएको छ । पछिल्लो समय बालीका तथा किशोरीहरु बलात्कारको शिकारमा पर्ने क्रम बढेको छ ।















प्रतिक्रिया दिनुहोस्