पाठक्रम विकास केन्द्रले भन्यो -कक्षा ९ र १० मा ऐच्छिक गणित हटाएको छैन

काठमाडौं, फागुन ६ । कक्षा ९ र १० मा ऐच्छिक गणित हटाएको भनेर सामाजिक संञ्जालमा समाचार आएको थियो । यो सँगै शैक्षिक सत्र २०७७ देखि ऐच्छिक गणित हटाइएको भन्दै सामाजिक सञ्जालमा निकै चर्चा समेत हुन् पुग्यो । यसो चर्चा भएसँगै पाठ्यक्रम विकास केन्द्रले भने कक्षा ९ र १० मा ऐच्छिक गणित विषय नहटाएको बताएको छ ।

उक्त विषय हटाइएको भन्दै सामाजिक सञ्जालमा चर्चा भएपछि केन्द्रले माध्यमिक शिक्षा कार्यक्रम अन्तर्गत कक्षा ९ र १० मा ऐच्छिक गणित विषय गत शैक्षिक सत्र २०७५ देखि नै लागू गरिसकिएको प्रष्ट पारेको हो ।

यता केन्द्रकै वेवसाइटमा राखिएको ‘माध्यमिक शिक्षा पाठ्यक्रम’ भित्र कक्षा ९ र १० मा ऐच्छिक गणित विषय शैक्षिक सत्र २०७५ देखि नै लागू भइसकेको उल्लेख छ। यसअघि शैक्षिक सत्र २०७४ देखि ९ र १० कक्षामा ऐच्छिक विज्ञान र अर्थशास्त्र लागू भइसकेका छन्।

यसरी सामाजिक संञ्जालमा यसको चर्चा भएपछि विद्यार्थी पनि अन्यौमा परेका थिए । अब भने विकास केन्द्रले प्रष्ट नै पाररेको छ ।

प्रतिक्रिया दिनुहोस्