मेलम्चीको प्रगति र चुनौतीको विषयमा अनुगमन गरिने

काठमाडौं, फागुन ४ । मेलम्चीको पानी असारभित्रै आउने सरकारले घोषणा गरेको छ । यसका लागि काम धमाधम अगाडि बढिरहेको आयेजनाले जनाएको छ । यता राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमन गर्ने भएको छ ।

आज सिंहदरबारमा बसेको समितिको बैठकमा मेलम्ची आयोजनाको हालसम्मको प्रगति र चुनौतीको विषयमा स्थलगत अनुगमन गर्ने निर्णय गरेको हो ।समितिका सभापति तारादेवी भट्टले आयोजनाको स्थलगत अवलोकन पछि पानी वितरणमा हुन सक्ने समस्या र सुधारबारे पनि सम्बन्धित निकायसंग छलफल गरिने बताए ।

गत बिहिबार मात्र मेलम्चीको पानी आगामी असारसम्म सुन्दरीजल ल्याउने श्वेतपत्र खानेपानी मन्त्रालयले सार्वजनिक गरेको थियो । काठमाडौंबासिलाई मेल्मचीको पानि कहिले आउला भन्ने जस्तै भएको छ । यहाँ बस्ती धेरै बाक्लो छ ।

यसैले पनि पानिको निकै हाहाकार रहेको छ । समयमै पानि आएको भए यहाँका बासिन्दालाई केहि राहात भन्ने अवश्य मिल्ने छ ।

प्रतिक्रिया दिनुहोस्