नयाँबसपार्क प्रहरीको शुद्धीकरण अभियान : गेष्टहाउस सञ्चालकसहित ५७ पक्राउ

काठमाडौं , फागुन ४ । पछिल्लो समय प्रहरीले गोँगबु नयाँबसपार्क क्षेत्रमा आपराधिक क्रियाकलाप बढेको भन्दै बेला बेला छापा मार्ने गरेको छ । प्रहरीले विभन्न क्रियाकलापमा मा संलग्न रहेको भन्दै हिजो मानत्रै ५७ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति चलाएको शुद्धीकरण अभियानमा गेष्ट हाउसका सञ्चालकसहित ५७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ४० पुरुष १६ महिला र एक तेस्रोलिङ्गी रहेका छन् ।

प्रहरीले गेष्ट हाउस सञ्चालन गरेर वेश्यावृत्तिमा लगाउने शिवपुरी गेष्ट हाउसका सञ्चालक विनोद भट्टराई, मुस्ताङ गेष्ट हाउसका सञ्चालक नरेन्द्र पोमु र वाग्लुङ भोजनालयका सञ्चालक सोमबहादुर तामाङलाई पक्राउ गरेको छ ।

यसैगरी गेष्ट हाउसमा विचौलियाका रुपमा कार्यरत विष्णु थापा, अशोक पोमु र कमल कालाखेतीलाई समेत नियन्त्रणमा लिएको छ । अभियानका क्रममा जबर्जस्ती करणी मुद्दामा फरार अपराधी शनकाजी दर्जी पनि पक्राउ परेका छन् ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले नयाँबसपार्क क्षेत्रको विकृति, विसङ्गति अन्त्यका लागि अभियान चलाएको बताए । वेश्यावृत्ति, पाकेटमार र जबर्जस्ती करणी मुद्दामा फरार व्यक्तिलाई नियन्त्रणका लागि पनि अभियान चाल्नु परेको उनको भनाइ छ ।

यो अभियानले विभन्न क्रियाकलापमा रहेकाहरुलाई नियन्त्रणमा लीरहेको छ । यस्तो अभियानले नयाँबसपार्क क्षेत्रको विकृति, विसङ्गति अन्त्य हुने अपेक्षा पनि लिएको छ ।

प्रतिक्रिया दिनुहोस्