सल्यानमा ट्रयाक्टर दुर्घटना: चालकको घटनास्थलमै मृत्यु

काठमाडौं, फागुन ३ । सल्यानमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। रौतहट जिल्लाको सन्तपुर नगरपालिका वडा नं ६ निवासी ४८ वर्षीय आशिक मोहमदको घटनास्थलमै मृत्यु भएको छ।

शुक्रबार बेलुका करिब ७ बजेतिर बागचौर नगरपालिका वडा नं. ९ स्थित धामी ढुङ्गामा ना ६ ख ९२१३ नम्बरको ट्रयाक्टर घुम्तीमा मोड्न नसकेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए।
मृतकको शव पोष्ट मार्टमको लागि जिल्ला अस्पताल सल्यानमा राखिएको प्रहरीले जानकारी दिएको छ। मृतक मोहमद ट्रयाक्टरमा एक्लै रहेको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार उनले गाउँ गाउँमा डुलेर सिरक डसना बनाउने काम गर्थे।

प्रतिक्रिया दिनुहोस्