नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउदै

काठमाडाै– नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउने भएको छ । बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी अभाव भएपछि राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउने भएको हो ।

केन्द्रीय बैंकले प्रत्यक्ष बोल कबोल मार्फत विकास ऋणपत्र खरिद गरी बजारमा पैसा प्रवाह गर्न लागेको हो ।ऋणपत्र बिक्री गर्न चाहनेले आज १२ बजेसम्म बोल कबोलमार्फत आवेदन दिनुपर्नेछ । बोल कबोलकर्ताले ऋणपत्रको परिणाम र मूल्य खुलाएर आवेदन गर्नुपर्नेछ ।

बाँडफाँटको निर्णय भने तरलताको स्थिति,अल्पकालीन ब्याजदर लगायतका परिसूचकका आधारमा खुला बजार कारोबार सञ्चालन समितिले गर्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्