भिडन्तमा ९ सैनिकसहित ४० जनाको मृत्यु

काठमाडौं, फागुन ३ । मालीको मध्य क्षेत्रमा भएको आक्रमणमा परी ४० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नौजना सैनिक जवान पनि रहेका छन्।

अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार उनीहरूको घटनास्थलमै मृत्यु भएको अधिकारीले बताएका छन्।

द्वन्द्वग्रस्त यस क्षेत्रमा भएको अन्तरजातीय भिडन्तका क्रममा उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरुको भनाई छ। ओगोसागोमा रातभरीमा भएको आक्रमणको घटनामा परी सुरुमा ३१ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्