प्रदेश राजधानी माग्दै थालिएको आन्दोलन जारी ,धनकुटामा कर्फ्यु जारी, जनजीवन प्रभावित

काठमाडौ । सरकारले लामो समयको छलफलपछि बुधबार प्रदेशको अस्थायी मुकाम तोकेलगत्तै विभिन्न जिल्लामा आन्दोलन चर्कीएको छ । राजधानी माग गर्दै सुरु भएका आन्दोलनका कारण प्रदेश १, २, ५ र ७ का मुख्य सहरमा तनाव सुरुभएको छ ।
प्रदर्शनकारीले राष्ट्रियसभा निर्वाचन प्रभावित पार्नेसम्मका कार्यक्रम घोषणा गरेका छन् । लामो समयदेखि प्रदेश १ को राजधानी माग गर्दै आन्दोलन गरिरहेका धनकुटावासी सरकारले बुधबार विराटनगरलाई अस्थायी मुकाम तोकेपछि आक्रोशित भएका छन् । प्रदर्शनका क्रममा सरकारी कार्यालयमा आगजनी गर्दै तोडफोडमा उत्रिएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू लगाएको छ ।
सरकारले प्रदेश २ को राजधानी जनकपुर बनाउने निर्णय गरेलगत्तै वीरगन्जमा सुरुभएको आन्दोलनका कारण त्यहाँको जन जिवन प्रभावित भएको छ । आज पनि त्यहाँबाट छुट्ने लामो तथा छोटो दुरीका कुनैपनि सवाी साधान छुटेका छैन भने विद्यालय, कलकारखाना सबै ठप्प छन् यताः प्रदेश ३ को केन्द्र हेटौंडा तोकिएपछि भक्तपुरमा आन्दोलन सुरुभएको छ ।
सरकारले प्रदेश नम्वर ५ को अस्थायी राजधानी रुपन्देही तोकेपछि राजधानीको माग गर्दै अनिश्चितकालिन दाङ बन्दको आव्हान गरी आन्दोलन गरिरहेका स्थानीयले आजदेखि सरकारी कार्यालयहरुपनि वन्द गर्ने भएका छन ।
जिल्लाका सवै कलकारखाना, पसलहरु वन्द गरेका उनिहरुले आज सरकारी कार्यालयलाई बन्द गरि आन्दोलनलाई सहयोग गर्न अनुरोध गरेको आन्दोलन संयोजन समितिका सचिव सविन प्रियासनले जानकारी दिए । बन्दका कारण दाङका तुलसीपुर, घोराही, लमहि, भालुवाङ लगाएतका बजार पूर्ण रुपमा बन्द रहेका छन भने दाङवाट बाहिरीने र दाङ भित्रिने सवारी साधन पनि चल्न सकेका छैनन ।
प्रदेश ७ को केन्द्र धनगढी तोकिएपछि डोटीमा जारी आन्दोलनले ठुलो रुप लिने देखिएको छ । आज पनि त्यहाँ बिहानैदेखि आन्दोलनकारी सडकमा देखिन थालेका छन् । भने यातायात, विद्यालय सबै बन्द छन् । हिजो भएको झडपमा ३ प्रदर्शनकारी घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्