एक अनाथालयमा आगलागी, १५ जना बालबालिकाको मृत्यु

काठमाडौं, फागुन ३ । अफ्रिकी मुलुक हाइटीको एउटा अनाथालयमा आगलागी हुँदा १५ जना बालबालिकाको मृत्यु भएको छ । राजधानी पोर्ट औ प्रिन्सको दक्षिणी क्षेत्रमा रहेको अनाथालयमा आगलागी भएको हो ।

आगलागीमा परेर दुई जनाको मृत्यु भएको र बाँकी १३ जनाको धुँबामा निसास्सिएर मृत्यु भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आगलागिको कारण खुलेको छैन ।
अनाथालयमा बिजुलीको सट्टा मैनबत्ती बाल्ने गरिएकाले त्यसकै कारण आगो लागेको हुनसक्ने अनुमान गरिएको छ । आगलागी भएको स्थानवाट ४५ जना बालबालिकाको सकुसल उद्धार गरिएको छ ।

उनीहरुलाई आफन्त खोजेर जिम्मा लगाउने तयारी भइरहेको बताइएको छ । धर्मको प्रचार गर्दै आएको अमेरिकाको पेन्सिल्भानियामा एक संस्थाले सञ्चालन गर्दै आएको सो अनाथालयले सञ्चालनको अनुमति समेत नलिएको भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्