वुहानमा रहेका नेपाली लिन जहाज ३ बजे चीन जाँदै, विमानस्थल १२ घण्टा अवरुद्ध हुने

काठमाडौं , फागुन ३ । सरकारले चीनको हुबेई प्रान्तमा रहेका नेपालीको उद्धार गर्न आज जहाज पठाउने भएको छ ।कोरोना भाइरसको त्रासले स्वदेश फर्कन चाहेका एक सय ८५ नागरिक लिन सरकारले विशेष तालिमप्राप्त टोलीलाई आज जहाजसहित चीनको हुबेई प्रान्तको वुहान सहर पठाउन लागेको हो ।

टोलीमा ३ चालक, ६ क्याबिन क्रु, २ इन्जिनियर, १–१ जना फ्लाइट डिस्प्याचर र लोडमास्टरसहित नेपाली सेनाका चारजना चिकित्सक रहने छन् ।नेपाल वायुसेवा निगमको ३३०–२०० सिरिजको २७४ सिटे वाइडबडी जहाज अपराह्न ३ बजे त्रिभुवन विमानस्थलबाट उड्ने बताइएको छ ।

विमान साँझ पौने सात बजे वुहान पुग्ने र त्यसको दुई घण्टापछि नै काठमाडौं फर्किने छ । नेपाली समयअनुसार भोली बिहान २ः१५ मा नेपाल आइपुग्नेछ ।

विमानस्थलमा अवतरण गरेपछि ती विद्यार्थीलाई सिधै भक्तपुरको खरीपाटी लगिनेछ । खरीपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रमा ती विद्यार्थीलाई १४ दिनसम्म राखिने छ ।

विद्यार्थीहरु चौबिसै घण्टा स्वास्थ्यकर्मीको निगरानीमा हुनेछन् । सरकारले ५० जना स्वास्थ्यकर्मीलाई विशेष तालिम दिएर राखेको छ । खरीपाटीमा ८६ जना चिकित्सक खटाइने भएको छ ।

यस्तै शनिवार त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल कम्तीमा १२ घण्टा अवरुद्ध हुने भएको छ । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले तोकेको मापदण्डबमोजिम संक्रमित स्थानबाट ल्याइने जहाज अवतरणका बेला ‘एयरक्राफ्ट डिसइन्फेक्सन’ गर्नुपर्ने हुन्छ । त्यसैका लागि विमानस्थल कम्तीमा १२ घण्टा अवरुद्ध हुने भएको हो ।

१४ दिनसम्म भेट्न नदिइने

कोरोनाको उच्च संक्रमण रहेको ठाउँबाट उद्दार गरेर ल्याएपछि कवारेन्टाइनमा राख्‍न लागिएका नेपाली विद्यार्थीलाई १४ दिनसम्म अभिभावकले भेट्न नपाउने भएको छ ।

नेपाल आइसकेपछि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पुनस् उनीहरूको स्वास्थ्य जाँच गरिनेछ । विमानस्थलमा परीक्षण गर्दा ज्वरो र खोकी लागेका विद्यार्थीलाई सीधै टेकु अस्पताल पठाउने तयारी सरकारले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्