चीनमा रहेका नेपाली लिन शनिवार पौने तीनबजे विमान चीन उड्ने
काठमाडौं, फागुन १ । चीनमा रहेका नेपालीलाई उद्दार गरी स्वदेश फर्काउनका लागि शनिबार नेपाल एयरलाइन्सको विमान चीन उड्ने भएको छ ।
नेपाल एयरलाइन्सको वाइडबडी जहाज शनिवार दिउँसो २ बजेर ४५ मिनेटमा वुहान जाने भएको हो ।नेपाल वायुसेवा निगमका अनुसार शनिवार उद्धारका लागि पठाइन लागेको जहानमा तीनजना चालकसहित नौ जनाको टोली हुने गरी तयारी गरिएको छ । नेपालबाट जाने विमानमा चारजना स्वास्थ्यकर्मीहरू पठाइन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
चीनबाट विमान आइतबार बिहान सवा २ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । अवतरण गरेपछि जहाजले ४८ घण्टासम्म अन्य ठाउँमा उडान गर्न मिल्ने छैन ।
चीनबाट ल्याइएका नेपालीलाई विमानस्थलमा कोरोना जाँच गरिने छ । कोरोनाको लक्षण देखिएकालाई टेकु अस्पतालको आइसोलेसनमा लगिने छ भने अन्यलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिरणमा राखिने छ ।
उनीहरुलाई दुई साता प्राधिकरणको क्वारेन्टाइनमा राखिने छ, त्यसक्रममा उनीहरुले आफ्ना अभिभावकसँग पनि भेटघाट गर्न पाउने छैनन् । क्वारेन्टाइन लागि सरकारले १ सय ९९ वेडको व्यवस्था गरिसकेको छ ।चीनबाट नेपाली नागरिकको उद्धारका लागि सरकारले १२ करोड रुपैयाँ बजेट छुट्ट्याइसकेको छ ।
दूतावासले गर्यो तीनवटा बसको व्यवस्था
चीनस्थित नेपाली दूतावासले वुहानको ३ वटा विश्वविद्यालयमा रहेका विद्यार्थीलाई विमानस्थलसम्म ल्याउनका लागि तीन वटा सवारी साधनको व्यवस्था गरेको छ जनाएको छ ।
वुहान क्षेत्रमा २ सय १५ जना जति नेपाली रहेपनि १ सय ८७ जनाले नेपाल फर्कन चाहेको दूतावास स्रोतले जानकारी दिएको छ । विमानमा विद्यार्थीमात्र ल्याउने तयारी गरिएको भएपनि उनीहरुले भने आफ्ना सामान पनि स्वदेश लान पाउनुपर्ने माग दूतावाससँग गरेका छन् ।















प्रतिक्रिया दिनुहोस्