टर्कीलाई सिरियाको चेतावनी

एजेन्सि । रियाले आफ्नो देशमा कुनै आक्रमण नगर्न टर्कीलाई चेतावनी दिएको छ । सिरियाका सहायक विदेशमन्त्री फैसल मेकदादले आफ्नो देशको हवाई सीमा उल्लंघन गरे टर्कीको कुनै पनि लडाकु विमानलाई सिरियाली सेनाले नष्ट गरिदिने चेतावी दिएका छन् ।
टर्कीले सीमापार कुर्द नियन्त्रणको अफ्रिन क्षेत्रमा सम्भावित हमला गर्न सिरियासँगको सीमा नजिकै सेना जम्मा पारेको बीबीसीले उल्लेख गरेको छ ।

यसअघि टर्कीका राष्ट्रपतिले उत्तरी सिरियामा रहेका कुर्द नियन्त्रित दुईवटा क्षेत्रमा हमला गर्ने चेतावनी दिएपछि सिरियाले आफ्नो देशमा कुनै आक्रमण नगर्न टर्कीलाई चेतावनी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्