आउँदैछ सयपत्री हाइड्रोपावरको आईपीओ

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । हाइड्रोपावरले आईपीओ निष्कासनको लागि पहिलो वार्षिक साधारणसभा असोज २४ गते बोलाएको छ ।
साधारणसभाले आईपीओ निष्कासनको प्रस्ताव पारित गरेपछि आईपीओ निष्कासन अनुमतिका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिने कम्पनीले जनाएको छ ।

२.५ मेगावाटको दरमखोला ए साना जलविद्युत आयोजना निर्माणका लागि वित्तीय स्रोत जुटाउन कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियलाई १० प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो । पहिलो चरणमा स्थानीयलाई शेयर जारी गरेपछि कम्पनीले दोश्रो चरणमा आम सर्वसाधारणलाई शेयर जारी गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्