सडक दुर्घटना हुँदा १३ जनाको मृत्यु, ३१ जना घाइत

काठमाडौं, फागुन १ । सडक दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको आगरा–लखनउ द्रुतमार्ग अन्तर्गत फिरोजावाद शहरनजिक यात्रुबाहक बस र मालवाहक एक आपसमा ठोक्किदा उनीहरुको ज्यान गएको हो ।

बुधबार राति १० बजेतिर भएको दुर्घटनामा अरु ३१ जना घाइते भएका छन् ।राजधानी दिल्लीबाट बिहार राज्यको मोतिहारीका लागि गइरहेको निजी डबल डेकर बस सोही दिशातर्फ गइरहेको कन्टेनर ट्रकसँग ठोक्किएको उत्तर प्रदेश प्रहरीले जनाएको छ । दुर्घटनाका घाइतेहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथले स्थानीय अधिकारीलाई घटनास्थलमा पुगी जाँचबुझ गर्न तथा घाइतेहरुको उचित उपचार गर्न समेत निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्