सुन र चाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?

काठमाडौँ , फागुन १ । पछिल्लो समय नेपाली बजारमा सुन र चाँदीको भाउ बजारमा उतार चढाव आइरहेको छ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ७५ हजार ७०० रुपैयाँमा भएको छापावाल सुनको मूल्य तोलामा ७६ हजार रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा ८७५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तोलामा ८८० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्