एमसीसी अनुमोदन नगर्न माग गर्दै ९ दलले बुझायो सभामुखलाई ज्ञापनपत्र

काठमाडौं , माघ २८ । अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन नगर्न माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) नेतृत्वको ९ दलीय गठबन्धनले सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाएको छ ।

मंगलबार सिंहदरवारस्थित कार्यकक्षमै भेटेर सभामुख सापकोटालाई ९ दलीय गठबन्धनले ज्ञापन पत्र बुझाएको हो ।ज्ञापनपत्र बुझाउँदै देशभक्त जनगणतान्त्रिक मोर्चाका संयोजकसमेत रहेका क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता सीपी गजुरेलले अमेरिकाले आफ्नो रणनीतिक उदेश्य पूरा गर्न एमसीसी अनुमोदनका लागि दबाब दिइरहेको बताए ।

ज्ञापन पत्र बुझ्दै सभामुख सापकोटाले एमसीसीबारे अझै गहिरिएर अध्ययन गर्ने प्रतिबद्धता व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्